आठ विद्यार्थी संघले गरेको बन्दको कारण निजी विद्यालय ठप्प

0

रबिन्द्र बराल
कोशी अनलाइन
जेठ २१, मोरङ, रंगेली आसपासमा रहेका निजी विद्यालयहरु सोमबारको बन्दका कारण खुल्न सकेका छैनन् । विभिन्न आठ विद्यार्थी युनियनका कारण विद्यालय बन्द हुँदा बालबालिकाहरु पढाई बाट बन्चित हुनु परेको छ ।

स्कूल नलालेपछि फर्किएका विद्यार्थी, फोटो : रबिन्द्र बराल (कोशी अनलाइन)

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी)सहित ८ विद्यार्थी संगठनले सोमबार देशैभरीका शैक्षिक हड्ताल घोषणा गरी बन्द आव्हान गरेका हुन् ।

निजी विद्यालय संचालकहरुलाई वृद्धिशुल्क फिर्ता र शिक्षा मन्त्रालयसहित निजी विद्यालय र विद्यार्थी संगठनहरुबीच सहमति भएको शुल्क लागू नगरेको भन्दै संगठनहरुले हड्तालको घोषणा गरेका हुन् । संविधानले मौलिक अधिकारको रुपमा स्वीकार गरेको निःशुल्क शिक्षा नीति लागू गर्न सरकारसँग माग गरेका छन् ।

संयुक्त ८ विद्यार्थी संगठनले जेठ १३ गते बैठक बसेर २१ गतेको आम शैक्षिक हड्ताललगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएका थिए ।
शैक्षिक मागसँगै सरकारले बढाएको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको पनि विद्यार्थीहरुले विरोध गरेका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW