अब महंगा बाइक चढ्न मुस्किल हुने

0

कोशी अनलाइन
जेठ १६, मोरङ, अब महंगा सवारीसाधान किन्न मुस्किल हुने भएको छ । गत मंगलबार आएको नयाँ बजेटले ४ सय १ सीसीभन्दा ठूला क्षमताका बाइकमा झण्डै दुई लाख सडक दस्तुर बढाएपछि ठूला सीसीका महंगो पर्ने सवारीसाधन किन्न मुस्किल परेको हो ।

सरकारले वाषिर्क रुपमा तिर्नुपर्ने सवारी कर भने वृद्धि नगरेतापनि ठूला सीसीका साधनको सडक दस्तुर बढाएको छ । माइक्रोबस, बस, ट्रक, ट्रिपर, ट्रक, मिक्सचर, मिनीबस, मिनीट्रक, मिनीटिपरको सडक दस्तुर यथावत मूल्यको सात प्रतिशत कायमै राखिएको छ ।

अब दुई हजार सीसीसम्मका कार र जीपमा मूल्यको ८ प्रतिशत सडक दस्तुर लाग्नेछ । यस्तै २ हजार सीसीभन्दा बढीका जीप र कारमा सडक दस्तुर १० प्रतिशत र्पुयाइएको छ । यस्तै मोटरसाइकलको पनि सडक दस्तुर पनि बढेको छ । तर, १ सय ५० सीसीसम्मको बाइकमा ५ हजार रुपैयाँ दस्तुर बढेर १५ हजार पुगेको छ । त्यसैगरी १ सय ५१ देखि २ सय ५० सीसीसम्मको बाइकको सडक दस्तुर १८ हजार रुपैयाँ पुगेको छ । यसअघि यो सेगमेन्टका बाइकमा १२ हजार मात्रै कर थियो ।

अब २ सय ५१ देखि ४ सय सीसीसम्मका बाइकमा ५० हजार सडक दस्तुर लिइनेछ । यो सेगमेन्टमा ३५ हजार सडक दस्तुर बढेको छ । त्यसैगरी ४ सय १ सीसीभन्दा माथिका बाइकमा सडक दस्तुर मात्रै १ लाख ८० हजारसम्म दस्तुर बढेको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW