‘सञ्जु’को ट्रेलर सार्वजनिक, अनुष्काको रुपको चर्चा

0

कोशी अनलाइन
जेठ १६, अभिनेता सञ्जय दत्तको जीवनमा आधारित बायोपिक फिल्म ‘सन्जु’को ट्रेलर सार्वजनिक भएको छ । फक्स स्टार हिन्दी नामक च्यानलमार्फत २०१८ कै बहुप्रतिक्षित फिल्म सन्जुको ट्रेलर सार्वजनिक भएको हो ।

जुन २९ मा प्रदर्शन गरिने शो फिल्ममा सञ्जय दत्तको भूमिकामा अभिनेता रणवीर कपूर रहेका छन् । उनले कडा मेहेनतका साथ आफूलाई पूर्णरुपमा सञ्जयमा ढालेका छन् । रणवीरलाई संजय दत्तको यूवा अवस्थादेखि हालको अवस्थासम्म फिचरिङ गरिएको छ ।

फिल्ममा रणवीरका अलावा परेश रावल, मनिषा कोइराला, अनुष्का शर्मा, सोनम कपुर, दिया मिर्जा, विक्की कौसल, वोमन इरानीलगायतको भूमिका छ । फिल्मका निर्देशक राजकुमार हिरानीले आफ्नो ट्वीटर एकाउन्टमार्फत बेलाबेलमा पोस्टर सार्वजनिक गरिरहेका थिए । गत मंगलबार मात्र उनले अनुष्कासहितको पोस्टर सार्वजनिक गरेका थिए ।

फिल्ममा सञ्जय दत्तकी प्रेमिकामा टिना मुनीमको भूमिकामा सोनम कपूर, सञ्जय दत्तका बुवा सुनिल दत्तको भूमिका परेश रावल, सञ्जयका आमा नरगिसको भूमिकामा अभिनेत्री मनिषा कोइराला र सञ्जयकी श्रीमतिको भूमिकामा अभिनेत्री दिया मिर्जाले अभिनय गरिरहेका छन् । यसैगरी सलमान खानको रुपमा जिम सरब, टीना मुनिमको रुपमा सोनम कपुर र माधुरी दीक्षितको रुपमा तमन्नाको भूमिका छ ।

चलचित्रमा अनुष्काको रुपको चर्चा भएको छ । भर्खरैमात्र क्रिकेटर विराट कोहलीसँग विवाह गरेकी अनुष्का यस फिल्ममा कर्ली कपाल र आकर्षक आँखाका साथ देखिएका कारण उनको चर्चा चलेको हो । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार ट्रेलरबाट उनको फोटो बनाएर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW