फरक कथामा फरक गेटअप, फिल्मले नै घटायो ८ किलो तौल

0

कोशी अनलाइन
जेठ ९, आउँदो मंसिरमा प्रदर्शनको तयारीमा बनाइएको चलचित्र ‘जाइरा’ मा नायिका नम्रता श्रेष्ठले आफ्नो लुक्स परिवर्तन गरेकी छन् । फरक भूमिकामा र फरक गेटअफमा देखने नम्रताले ‘जाइरा’मा कपाल काटेर ‘एक्सन लेडी’को भूमिकामा देखिएकी हुन् ।

नम्रताले यस चलचित्रका लागि कपाल काट्ने मात्र होइन् आफ्नो तौल पनि घटाएकी छन् । यसअघि ‘क्लासिक’मा दृष्टिबिहिन भूमिकामा देखिएकी नम्रताले ‘जाइरा’ का लागि छँदाखादाको कपाल काटिन् र ८ किलो तौल पनि घटाइन् । यस फिल्ममा नम्रताका अलावा अर्की एक नायिका छिन् जाे रजतपटमा यही फिल्मबाट डेब्यू गर्दैछिन् । श्रृजना रेग्मीले जसले नम्रता जस्तै मेहेनत गरेकी बताउँछिन् । यो फिल्ममा उनी खलपात्रको भूमिकामा छिन् । जसको भिडन्त नम्रतासँग हुन्छ ।

गत मंगलबार ललितपुरमा एक कार्यक्रम आयोजना गरेर कलाकार र गेटअफ सार्वजनिक गर्दा नम्रता फिल्मकै गेटअपमा आएकी थिइन् । यस फिल्ममा नम्रताले एक एक्सन लेडी अर्थात बक्सरको भूमिका निर्वाह गर्दैछिन् ।

आशुतोषले निर्देशन गरेको यस फिल्ममा नम्रताका अलावा अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, श्रृजना रेग्मी, प्रमोद अग्रहरि, सम्राट मगर र सुजिता श्रेष्ठको मुख्य अभिनय रहेको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW