नीशाको पछि तीनजना ‘कुम्भ करण’(भिडियो)

0

कोशी अनलाइन
जेठ ७, असार २२ मा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुम्भ करण’को ट्रेलर सार्वजनिक गरिएको छ । नीशाका अलावा गौरव पहारी, अभय बराल, भोलाराज सापकोटा, आकाश पल, कुलपि अधिकारी लगायतको अभियन रहेको ‘कुम्भ करण’को ट्रेलर हाइलाइट्स नेपालको युट्युव च्यानलमार्फत रिलिज गरिएको हो ।

चित्रबहादुर घर्तीमगर र क्षितिज बस्नेतको लगानीमा बनेको यसचित्रमा नायिका नीशाका पछाडी युवहरुको लर्को देखिएको छ । नीशाका पछाडी एउटा स्कूलका प्रध्यानाध्यापकदेखि पिउनसम्मको लर्को देखिएको छ । चलचित्र आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको छ भने चलचित्रलाई दीपक वलीले निर्देशन गरेका हुन् ।

चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको छ भने मिलन श्रेष्ठको सम्पादन र हरि लामा घलेको छायांकनमा बनेको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW