बन्ने भो ‘मुन्ना भाई ३’, को को छन् त कलाकार ?

0

कोशी अनलाइन
जेठ ७, अघिल्ला मुन्ना भाई एमबीबीएस र लगे रहो मुन्ना भाईपछि अब मुन्ना भाईको तेस्रो पार्ट निस्कने भएको छ । यसअघिका मुन्ना भाईका दुई पार्ट नै सुपरहिट बनाएका निर्देशक राजकुमार हिरानीले एक अन्तर्वाताको क्रममा मुन्ना भाईको पार्ट तीन बन्ने कन्फर्म गरेका छन् ।

मुन्ना भाईका यी जोडी मुन्ना भाई र सिर्कुट अब पुन राजकुमार हिरानी कै निर्देशनमा बन्न लागेको पार्ट तीनबाट कमब्याक गर्ने भएका हुन् । मुन्ना भाईको अभिनयमा सन्जय दत्त र सिर्कुटको अभिनयमा अर्शाद वार्सी दुबैलाई लिएर हिरानीले सो फिल्म बनाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भनेजस्तै स्क्रिप्ट भेटिएको जनाउँदै एक अन्तर्वातामा हिरानीले भने, ‘हामीले मुन्ना भाईको तेस्रो पार्ट गर्न चाहेका थियौं, र स्क्रिप्ट पनि लेखेका थियौं । तर, स्क्रिप्ट अघिल्ला दुई भागसँग मेल खाइरहेको थिएन । अब भने बल्ल भनेजस्तो स्क्रिप्ट प्राप्त भएको छ ।’

यसैगरी दुवै फिल्मका सहलेखक अभिजात जोशीले स्क्रिप्ट म्याच गराउनु सबैभन्दा गाह्रो विषय भएको उल्लेख गर्दै अहिले विल्कुलै नयाँ आइडिया भेटेको बताए ।

हिरानीले अहिले अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सन्जु’ का लागि दौढधुपमा छन् । सन्जु अहिले बहुप्रतिक्षित चलचित्र बनेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW