मृत्यु–कुण्डको टिजर आउट, मुटु दह्रो बनाएर हेर्नुस् (टिजरसहित)

0

कोशी अनलाइन
जेठ ४, मोरङ, रन्धिर श्रेष्ठले निर्देशन गरेको ‘मृत्यु–कुण्ड’ को टिजर सार्वजनिक भएको छ । ए रस प्रोडक्शनको प्रस्तुति रहेको मृत्यु कुण्डको टिजर इ गसिफ ट्वानटी फोर टिभीको युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक भएको हो ।

 

कलाकार अक्रम तामाङ, महेश त्रिपाठी, मिलन काप्री, प्रजिन गुरुङ, सागर महर्जन, अनिल भुसाल, प्रकु पाण्डे, खगराज सापकोटा, राजन कोइराला, दिप बिमली, निमेश श्रेष्ठलगायतको अभिनय रहेको सो चलचित्रको ट्रेलर भने जेठको अन्तिम साता गरिने निर्देशक रन्धिर श्रेष्ठले जानकारी दिए ।


आनन्द महर्जनको डिजाइन तथा राजेन्द्र बिसीको प्रोडक्सन रहेको सो चलचित्रमा संगीत श्रावल आरपीले भरेरका छन् । हिमाल जोशीको सम्पादनमा रहेको सो चलचित्रका गीतमा आवाज भरेका छन् जिम्मी राईले भने संगीत पनि उनकै रहेको छ । स्क्रिनप्ले गरेका छन् प्रसुन सिन्धुलियाले, एक्सन निर्देशन गरेका छन् शुक्र र प्रदीपले, मेकअप गरेका छन् दिप्सन परियारले भने पोस्ट प्रोडक्सन मोक्ष्य प्रोडक्सन र ए रस प्रोडक्सनले गरेका छन् ।


यस्तैगरी निर्देशक रन्धिर आफैले सिनेमाटोग्राफी सो चलचित्रलाई कार्यकारी निर्माण गरेका छन् मिलन शाहीले भने सह निर्माणमा ध्रुवप्रसाद पौडेल र ज्ञानु कुशवाहले गरेका छन् ।


आउँदो तिहारपछिबाट चलचित्र देशैभरी लाग्ने निर्देशक श्रेष्ठको भनाइ छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW