एन्फाको घोषणा -अशोजदेखि ए डिभिजन लिग हुने

0

कोशी अनलाइन
जेठ २, अखिल नेपाल फुटबल संघ (एन्फा) ले अशोजदेखि हुनेगरी ए डिभिजन लिगको घोषणा गरेको छ । असोज १३ गतेदेखि सहिद स्मारक ‘ए’ डिभिजन लिगको घोषणा भएको हो । गत पाँच वर्षदेखि नभएको सो प्रतियोगिता चारमहिना चल्ने एन्फाले जनाएको छ ।

एन्फाका लिग कमिटीका अध्यक्ष विज्ञानराज शर्माका अनुसार आउँदो असोज १३ देखि सुरु हुने सो लिग माघ १६ गतेसम्म चल्ने छ । उनका अनुसार क्लबले कम्तिमा १८ र बढीमा ३५ खेलाडी टिममा राख्न पाउने छन् ।

लिगमा थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, नेपाल आर्मी, जावलाखेल युथ, फ्रेण्डस्, संकटा, मछिन्द्र, सरस्वती युथ क्लब, च्यासल युथ, न्यू रोड टिम (एनआरटी), बिग्रड ब्वाइज र हिमालयन शेर्पा क्लब छन् ।

विदेशी खेलाडीको हकमा ४ जना टिममा र खेलको क्रममा ३ जना राख्न पाउँने नियम कमिटीले गरेको छ ।
कमिटी अध्यक्ष शर्माका अनुसार लिगको पुरस्कारलगायत विषयमा छलफल चलिरहेको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW