सुनकाण्ड : कानून व्यवसायी राख्न पूर्वडिआइजी भन्दा असइ अगाडि

0

कोशी अनलाइन
जेठ २, मोरङ, साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको विषयमा जिल्ला अदालत मोरङमा भइरहेको थुनछेक बहसमा निलम्बित प्रहरीहरुको कानून व्यवसायी राख्ने प्रतिस्पर्धा चलेको छ ।

निलम्बित असइ बालकृष्ण सञ्जेलले ८ जना कानून व्यवसायी आफ्नो पक्षमा बहस गर्न राखेका छन् । तस्करी भएको भनिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्याको अभियोगमा पक्राउ परेका सञ्जेलले पूर्वडिआइजी गोविन्द निरौलालाई उछिनेका छन् ।

गोविन्दले १ जना कानून व्यवसायी भानुप्रसाद निरौलालाई आफ्नो पक्षमा बहसका लागि राखेका छन् । भानु गोविन्दका आफन्त पर्छन् । बहुसंख्यक निलम्बित प्रहरी अधिकारीहरु कानून व्यवसायी राख्न प्रतिस्पर्धा गर्न थालेका छन् । पूर्वडिआइजी गोविन्द निरौलालाई प्रहरी जवान बिष्णुबहादुर खड्काले समेत कानून व्यवसायी राख्ने मामलामा उछिने ।

प्रहरीका पक्षमा कुन–कुन कानुन व्यावसायी ?

वरिष्ठ अधिवक्ता सुरेश लाल श्रेष्ठ, राजेन्द्र भट्टराई, माधवराज आचार्य, अधिवक्ता राजेन्द्र राउत, तुलसीप्रसाद पोखरेल अभियुक्त डीएसपी प्रजित केसीको पक्षमा बहस गरे । त्यसैगरी वरिष्ठ अधिवक्ता शुशिल पन्त, अधिवक्ता, देवेन्द्र कोइराला, रामचन्द्र सुवेदीले निलम्बित वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीको पक्षमा बहस सके ।

 

त्यसैगरी वरिष्ठ अधिवक्ता हिक्मत पौडेल, खगेन्द्रबहादुर श्रेष्ठले प्रहरी जवान बिष्णुबहादुर खड्काको पक्षमा बहस गर्ने छन् । त्यसैगरी अधिवक्ता मधुसुदन चौधरीले प्रहरी जवान अमरबहादुर मगरको पक्षमा बहस गर्न वकालतनामा दर्ता गराएका छन् । त्यसैगरी अधिवक्ताहरु योगेन्द्र काफ्ले, विनोदकुमार तिमल्सिना, लिलाबल्लभ अधिकारी, वरिष्ठ अधिवक्ता टंकप्रसाद उप्रती, अभिवक्ता राजेन्द्र खनाल, केदार भण्डारी, नारायण वस्ती, शिवराम भट्टराईले सई बालकृष्ण सञ्जेलको पक्षमा वकालतनामा दर्ता गराएका थिए । संजेल पक्षका कतिपय कानून व्यवसायीेले वकालतसमेत गरिसकेका छन् त केहीले गर्न बाँकी छ ।

त्यसैगरी अधिवक्ता शिवराज चौहान, शान्तिराम भण्डारी, रामप्रसाद भण्डारी, सन्नीकुमार साह, अमरबहादुर राउत, रामबहादुर राउतले डिएसपी सञ्जय राउतको पक्षमा बहस गर्ने छन् ।

त्यसैगरी वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, रमनकुमार श्रेष्ठ, शम्भु थापा र अधिवक्ता मनिषा बस्नेते प्रहरी उपरिक्षक विकासराज खनालको पक्षमा बहस गरी सकेका छन् । निलम्बित प्रहरीहरुले आफ्नो पक्षमा बहस गर्न कानून व्यवसायीमार्फत अदालतमा आफूलाई सफाई दिने क्रम जारी छ ।

यसैगरी गत बिहीबारदेखि आज बुधबारसम्ममा ३५ जना कानून व्यवसायीले बहस गरेका छन् ।

बुधबार भएको थुनछेक बहसमा १० जना प्रतिवादी तर्फका कानून व्यवसायीहरुले बहस गरेका छन् ।

प्रहरी जवान विष्णु खड्काको पक्षका कानून व्यवसायी वरिष्ठ अधिवक्ता हिक्मत पौडेल, अधिवक्ता खगेन्द्रबहादुर श्रेष्ठ बहस गरे । त्यसैगरी अभियुक्त माधव घिमिरेको पक्षमा अधिवक्ता, गणेशराज लुईटेल, नविन कार्कीले बहस गरेका छन् । त्यसैगरी अभियुक्त बालकृष्ण श्रेष्ठको पक्षमा अधिवक्ता ज्ञानेन्द्र श्रेष्ठले बहस गरे ।

डिएसपी सञ्जय राउतको पक्षबाट अधिवक्ता शिवराज चौहान, अधिवक्ता शान्तिराम भण्डारी, अधिवक्ता रामप्रसाद भण्डारीले बहस गरे । त्यसैगरी नियुक्त मोहन काफ्ले र नरेन्द्र कार्कीको पक्षमा अधिवक्ता दिपक खतिवडाले बहस गरे ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW