सन्दीप विश्व ११ मा

0

कोशी अनलाइन
जेठ २, नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेलाई आइसीसी विश्व ११ मा समावेश गरिएको छ । भर्खरै आइपीएलमा डेब्यु गरेका सन्दीपले आउँदो मे ३१ मा वेस्ट इन्डिजविरुद्ध खेल्ने भएका हुन् । इङ्ल्याण्डको लर्डस मैदानमा हुने सो खेल नेपाली मितिअनुरुप जेठ १७ गते हुनेछ ।


लामिछानेले आइसीसी विश्व ११ मा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्न मौका पाएको बताउँदै भने, ‘यो एउटा राष्ट्रका लागि नै गौरवको विषय भएको छ । नेपालका लागि र सबै नेपाली समर्थकका लागि ।’ उनले थपे, ‘यो मेरो लागि एउटा सुनौलो अवसर हो जहाँ म केही सिक्न र आफूलाई सुधार गर्न सक्छु । र म प्रतिबद्ध छु यसबाट म केही जान्ने छु ।’


गतवर्ष आधिहुरीले भत्केको क्रिकेट संरचनाको पुननिर्माणका लागि सो खेल हुन लागेको हो । रोनाल्ड वेव्स्टर पार्कको पुननिर्माणका लागि हुने सो खेलमा विश्व क्रिकेटका चर्चित खेलाडी रहेको विश्व ११ ले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने भएको हो । विश्व ११ का लागि इंग्लिस ब्याट्सम्यान इओन मोर्गानको कप्तानीमा पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी, शोहेब मलिक र श्रिलंकाका थिसारा परेरालाई नेपाी स्पीनर सन्दीप लामिछानेले साथ दिने भएका हुन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW