नेयमार रियल मड्रिड जाँदा बार्सिलोनालाई झट्का– मेस्सी

0

कोशी अनलाइन
जेठ २, बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले पीएसजीका स्टार नेयमार पीएसजीबाट रियल मड्रिड जाने खबर साँचो भए बार्सिलोनालाई ‘ठूलो झट्का’ पर्ने बताएका छन् ।

बार्सिलोनाबाट गत सिजनमात्र पेरिस सेन्ट जर्मेन गएका ब्राजिलियन नेयमार अहिले रियल जाने चर्चा चलिरहेको बेला मेस्सीले यस्तो बताएका हुन् ।

अर्जेन्टिनी टीवाइसी स्पोर्ट्सलाई अन्तरवार्ता दिनेक्रममा मेस्सीले भने, ‘नेयमारले बार्सिलोनाका लागि एकदमै ठूलो महत्व राख्छन्, उनले बार्सिलोनाबाट च्याम्पियन्स लिग, ला लिगा जस्ता ठूला उपाधि जितका छन् । यसैले गर्दा पनि उनी रियल जाँदा सबैलाई ठूलो झट्का लाग्नेछ ।’

उनले नेयमारसँग यसविषयमा कुरा गरिसकेको जनाउँदै भने, ‘नेयमार रियल प्रवेश गर्दा रियल राम्रो हुनेछ, मैलें उसलाई यो कुरा बुझाएको छु ।’

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW