भाइरल ब्वाई अशोकलाई अन्तरवार्ता लिनेले सहयोग गरे उनको घर बन्थ्यो कि ?

0

कोशी अनलाइन

जेठ २, झापा, सामाजिक सञ्जाल युट्युब लगायतमा अन्तरवार्ता दिएर भाइरल भएका प्रतिभावान बाल गायक अशोक दर्जीको चर्चा आजभोलि जताततै छ । अन्तरवार्ताका क्रममा उनले गाएका गीतले दर्शकश्रोताको ध्यान खिचेको छ । पछिल्लो समय टंक बुढाथोकीको मन बिनाको धन ठूलो की धन बिनाको मन बोलको गीत गाएपछि उनी चर्चाको शिखरमा छन् ।

उनका बारेमा विभिन्न विवादहरु पनि आएका छन् । उनलाई यो स्थानमा ल्याउनेहरु ओझेलमा परेको कुराहरु आएका छन् । हाल उनी उर्लाबारीको बेथेल स्कूलमा अध्ययनरत छन् । उनलाई पठनपाठन र सांगीतिक कक्षाको जिम्मा लिएका उक्त स्कूलका प्रधानाध्यापक दीपक न्यौपानेले अशोक दर्जीको पहिलो प्राथामिकता अध्ययन हुने बताए ।

उनले भने, ‘उनी शब्दहरु राम्ररी उच्चारण गर्न जान्दैनन्, उनलाई पहिलो कुरा शिक्षाको खाँचो छ, त्यसपछि सांगीतिक क्लास । न्यौपानले थपे, ‘म जतिसम्म पढ्छ अशोक निःशुल्क पढ्ने व्यवस्था मिलाउँछु । यतिवेला अशोकको लागि विभिन्न देशबाट गायनका लागि अफरहरु आइरहेको न्यौपानेले सुनाए । न्यौपानेले अध्ययनलाई समस्यामा पारेर उनको कार्यक्रम नहुने बताए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW