उरुग्वेले छान्यो विश्वकप खेल्ने काभानी र स्वारेजसहितको प्रारम्भिक टोली

0

कोशी अनलाइन
जेठ २, विश्वकप सुरु हुने देश उरुग्वेले रसिया विश्वकपका लागि आफ्नो प्रारम्भिक टोली घोषणा गरेको छ । सन् १९३० मा प्रतिद्वन्द्वी अर्जेन्टिनालाई ४–२ ले हराउँदै आफ्नै घरेलु मैदानमा जित हात पारेको उरुग्वेले रसिया विश्वकपबाट पनि जित निकाल्ने धेयसहित २६ सदस्यीय टोली घोषणा गरेको हो । उरुग्वेका प्रशिक्षक ओस्कार ताबारेजले पीएसजीका काभानी र बार्सिलोनाका स्वारेजलाई हाइलाइट गरी प्रारम्भिक टोली चयन गरेका हुन् ।


उरुग्वेले आफ्नै राष्ट्रमा भएको विश्वकपकै उत्पति खेल सन् १९३० मा अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेतामा आफ्नो नाम दर्ता गराएको थियो । यस्तै सन् १९४० मा ब्राजिललाई २–१ ले हराउँदै विश्कव जितेको थियो ।

प्रशिक्षक ओस्कारले अब उरुग्वेको बिर्ता फिर्ता ल्याउने बताउँदै २३ सदस्यीय टोली भने जुन ४ मा घोषणा गर्ने जानकारी दिए ।

यस्तो छ उरुग्वेको प्रारम्भिक टोली :

गोलकिपर : फर्नान्डो मस्लेरा, मार्टिन सिल्भा, मार्टिन क्याम्पना

डिफेन्डर : डिएगो गोडिन, सेबास्तियन कोट्स, जोसे मारिया गिमेन्ज, माक्सिमिलियानो पेरैरा, गास्तोन सिल्भा, मार्टिन केकेरेस, गुइलेर्नो भारेला

मिडफिल्डर : नहितन नन्देज, लुकास टोर्रेरा, माटिस भेकिनो, फेडेरिको भाल्भर्डे, रेड्रिगो बेन्तासर, कार्लोस सन्जेज, जर्जियन डी एरेस्कटा, डिएगो लक्जल्ट, क्रिस्टियन रोड्रिगुज, जोनाथन उर्रेताभिक्यारा, निकोलस लोडेरो, गास्तोन रामिरेज

फरवार्ड : क्रिस्थियन स्तुआनी, म्याक्सिमिलियानो गोमेज, एडिन्सन काभानी, लुइस सुआरेज

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW