कृषि परियोजनाले किसान समृद्धीतर्फ

0

बाबुराम बास्तोला

कोशी अनलाइन

जेठ २, सङ्खुवासभा, संखुवासभाको खाँदबारी नगरपालिका ४ सेकाहाका किसानहरु प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सञ्चालनमा आएपछि समृद्धी तर्फ उन्मुख भएका छन् ।


परियोजना सञ्चालनमा आएसंगै किसानहरु तरकारी खेतीमार्फत आर्थिक रुपमा समृद्ध बन्दै गइरहेका छन् । जिल्ला कृषि विकास कार्यालयमार्फत सञ्चालन भएको परियोजनाले सेकाहाका ९४ घरपरिवार अहिले व्यवसायिक तरकारी खेती गरिरहेका छन् । तरकारी विस्तार पकेट क्षेत्र घोषणा गरिएको सेकाहामा विगत दुई वर्षदेखि परियोजना सञ्चालनपछि तरकारी उत्पादन भईरहेको छ । उनीहरुले दुई सय रोपनी क्षेत्रफलमा गोलभेडा, कोपी, रायो साग, अकबरे खोर्सानी लगायतका तरकारीको खेती लगाएका छन् ।

वडाका विभिन्न पाँच कृषक समूहको पन्चकन्या तरकारी विस्तार पकेट क्षेत्र नामाकरण गरी व्यवसायिक तरकारी खेतीमा लागेको समूहका संयोजक पवित्रा गुरुङले बताइन् । गत वर्ष जिल्ला कृषि विकास कार्यालयमार्फत २ लाख ८० हजार रकम अनुदान प्राप्त भएपछि खेती विस्तार गरिएको गुरुङले बताइन् ।

यस वर्ष खाँदबारी नगरपालिकामार्फत ५ लाख र कृषकबाट २ लाख १९ हजार ५ सय रुपैंया रकम उपलब्ध भएको थियो । उक्त बजेटमार्फत कृषि समूहलाई बीउ वितरण, पाइप, प्लास्टिक टर्नेल, टुटा मियुल, स्प्रीङ कल लगायतका सामाग्री वितरण गरेको सार्वजनिक सुनुवाईमार्फत मंगलबार जानकारी दिइएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाले नगरपालिकाका विभिन्न वडालाई कृषिजन्य वस्तुहरुको पकेट क्षेत्र बनाउन पहल गरिरहेको बताए ।

पाँचखपन नगरपालिकाका मेयर विपिन राईले नगरपालिकाका विभिनन स्थानहरुको पहिचान गरी कृषि उब्जनीका माध्यमबाट आफ्नो नगरपालिकालाई कृषि प्रदान नगरपालिका बनाउनेमा लाग्ने धारणा व्यक्त गरे । कार्यक्रममा उपस्थित नगरपालिकाका मेयर, उपमेयर, कर्मचारी र कृषि विकास कार्यालयका प्राविधिकहरुले कृषकका व्यवसायिक तरकारी खेतीको समेत अनुगमन गरेको थियो ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW