उदयपुर गोल्डकप : फाइनलका लागि थ्रीस्टार र झापा ११ भिड्ने

0

कोशी अनलाइन
जेठ १, उदयपुर, उदयपुरमा गत शनिबारदेखि सुरु भएको पाँचौ रमपम उदयपुर गोल्डकपमा बुधबारदेखि सेमिफाइनलका खेल सुरु हुने भएको छ । गत मंगलबार क्वार्टरफाइनलको खेल सकिएको र आजदेखि फाइनल प्रवेशका लागि खेल हुने आयोजकका सयोंजक किरण राईले जानकारी दिए । आज हुने पहिलो सेमिफाइनलको खेलमा काठमाडौंको रुस्लान थ्रीस्टार क्लब र झापाको झापा ११ बीच प्रतिस्पर्धा हुने भएको छ ।


रुस्लान थ्रीस्टार गत सोमबार मोरङ ११ लाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । मोरङविरुद्ध थ्रीस्टारका मार्टिन्सले २ गोल गरेका थिए अनन्त तामाङ र रुपेश श्रेष्ठले एकएक गोल गरेका थिए ।

झापा ११ भने सो गोल्डकपको सुरुवाती खेलमा रुपेन्देही ११ लाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । रुपेन्देही ११ विरुद्ध कर्ण लिम्बूले निर्णायक १ गोल गर्दै झापालाई सेमिफाइनलमा स्थान दिलाए ।

उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रंगशालामा जारस् सो गोल्डकपको विजेताले ५ लाख रुपैयाँ पाउने भने उपविजेताको ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । शनिबारदेखि सुरु भएको सो प्रतियोगिता जेठ ५ गतेसम्म सञ्चालन हुनेछ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW