पोलेको मकै खाँदा स्वास्थ्यमा पुग्ने फाइदाहरु यस प्रकार छन्

0

मकै हाम्रो खाध्य अन्न मध्यको एक हो । यसलाई हामि चामलको रुपमा प्रयोग गर्ने गर्छौं । उसिनेको मकै धेरै मानिसहरुलाई मन पर्ने गर्छ । हामी बजार गएको समयमा पोलेको मकै बेच्न राखेको देख्ने गर्छौं । पोलको मकै स्वास्थ्यको लागि निकै लाभदायक छ । प्राय मानिसहरु मकै पोल्ने अल्छीले गर्दा उसिनेको मकै खाने गर्छन् । यदि तपाइलाई पोलेको मकैले पुर्याउने फाइदाहरुको बारेमा थाहा भयो भने तपाई यसलाई नाइँ भन्न सक्नुहुन्न ।

मकैले हामीलाई पुर्याउने फैदाहरु यस प्रकार छन् :

१. पोलेको मकै खानाले दाँत बलियो हुन्छ ।

२. मकै खाइ सकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ ।

३. त्यति मात्र नभई मकैको खोयालाई सुखाएर जलाएर त्यसको धुँवा सुँघ्नाले पनि रुघाखोकीमा फाइदा पुर्याउँछ । त्यसबाहेक यसले खोकी लागेको मा पनि निको हुन्छ ।

४. पोलेको मकैमा पर्याप्त मात्रामा एन्टी–अक्सीडेन्ट पाइन्छ । जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सर सँग पनि लड्नमा मद्दत गर्छ ।

५. बच्चाहरुको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ ।

६.यसमा कोलेस्ट्रोल नगन्य मात्रामा हुन्छ त्यसैले पोलेको मकै खाँदा मुटुपनि स्वस्थ रहन्छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...