उदयपुर गोल्डकप : पुलिसलाई हराउँदै सुनसरी सेमिफाइनल प्रवेश

0

कोशी अनलाइन
जेठ १, उदयपुर, उदयपुरमा गत शनिबारदेखि सुरु भएको पाँचौ रमपम उदयपुर गोल्डकपमा सुनसरी ११ सेमिफाइनल प्रवेश गरेको छ । मंगलबारको अन्तिम क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ट्राइबेकरमा पराजित गरेर सुनसरीले सेमिफाइनलमा स्थान बनाएको हो ।


उदयपुरको सदरमुकाम गाइघाटस्थित थारुहट रंगशालामा भएको खेल निर्धारित समय ३–३ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट गर्नुपरेको थियो । ट्राइबेकरमा सुनसरीका लागि बुद्धिमान राई, अनिल धामी, निशान लिम्बूले गोल गरेका थिए । पुलिसको तर्फबाट अभिषेक रिजाल, रिजन सुब्बा मात्र गोल गरेका थिए ।

खेलमा सुनसरीका लागि पहिलो हाफको २३औँ मिनेटमा सौजन याम्हाले पहिलो गोल गरेका थिए । यस्तै, ४२ औँ मिनेटमा तीर्थ बस्नेत र दोस्रो हाफको २० औँ मिनेटमा रोशन लिम्बूले एक र एक गोल गरे । तर, अग्रता भने पुलिस क्लबले लिएको थियो । पहिलो हाफको ७ औँ मिनेटमा राम वाजीले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए ।

यस्तै, दोस्रो हाफको ३४ औँ मिनेटमा अभिषेक रिजाल र थप गरिएको अतिरितm समयको १ मिनेटमा बिक्रम धिमालले गोल गर्दै खेललाई बराबरीमा फर्काए ।


खेलमा म्यान अफ द म्याच हुँदै सुनसरीका गोलरक्षक बिनय श्रेष्ठले नगद सात हजार रुपैयाँ प्राप्त गरे । बुधबारको पहिलो सेमिफाइनल खेल झापा ११ र थ्रीस्टार क्लबबीचको खेल हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउने भने उपविजेताको ३ लाख रुपैयाँ प्राप्तत गर्नेछ । शनिबारदेखि सुरु भएको सो प्रतियोगिता जेठ ५ गतेसम्म सञ्चालन हुनेछ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...