शनिबारदेखि उपराष्ट्रपति चिल्ड्रेन गेम्स हुने

0

जेठ १, काठमाडौँ, जिल्ला खेलकुद विकास समिति काठमाडौँले ‘जिल्लास्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्स’ आयोजनामा गर्ने भएको छ ।

यही जेठ ५ गतेदेखि हुने उक्त प्रतियोगितामा कराते, तेक्वान्दो, उसु र एथलेटिक्समा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जानकारी दिए । कराते र तेक्वान्दोमा समान ८–८, उसुमा ६ तथा एथलेटिक्समा १० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

एकदिने उक्त प्रतियोगिताका खेलहरु राष्ट्रिय खेलकुद परिषद्को हातामा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब र एक लाख ८० हजार खर्च लाग्ने आयोजक समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी दिए ।

यसै प्रतियोगिताबाट जेठ ७ र ८ गते काठमाडौँमै हुने प्रदेश नं ३ स्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि पनि खेलाडी छनोट हुने छन् ।
रासस

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW