सुन तस्करी प्रकरण : प्रतिवादीका तर्फबाट बहस गर्ने वकिल ८० नाघे

0

कोशी अनलाइन
जेठ १, मोरङ, साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको आरोपमा पक्राउ गरिएका ३० जनाको विषयमा मोरङमा अदालतमा आरोपी पक्षका कानून व्यवसायीहरुले आज बहस सुरु गरेका छन् । आजको थुनछेक बहसमा आरोपी पक्षका वरिष्ठ अधिवक्ता शम्भु थापा, रमन श्रेष्ठ, यदुनाथ खनाल र राजु बस्नेतले आइतबार बहस सकिकेका छन् । श्रेष्ठ पूर्वमहान्यायाधिवक्ता समेत हुन् । बिहीबार र शुक्रबार सरकारी वकिलहरुको बहस सकिइसकेको छ ।


बिहीबारबाट मोरङ अदालतमा थुनछेक बहस सुरु भएको हो । मोरङ उर्लाबारीका सनम शाक्य हत्यासँग जोडिएको साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुद्दा दायर गरिएकाहरुमध्ये ३० जना प्रहरी हिरासतमा छन् । ३३ जना अझै फरार छन् । मोरङ जिल्ला अदालतका न्यायाधिस नारायणप्रसाद शर्माको इजलासमा उक्त मुद्दाको विषयमा बहस भइरहेको छ । आरोपीतहरुलाई थुनामा राखेर सुनवाइ गर्ने वा धरौटी अथवा तारेखमा राखेर गर्ने विषयमा थुनछेक बहस भएको हो ।

प्रतिवादीको तर्फबाट ७९ जना वकिलले बहस गर्न वकालतनामा दर्ता गराएकाले उक्त मुद्दाको थुनछेक बहस अभैm हप्तादिन सम्म चल्न सक्ने कानून व्यवसायी हेमराज पन्तले बताए । मंगलबारसम्ममा सो बहसका लागि धेरै कानून व्यवसायीहरुको वकलतनामा दर्ता भएको छ । अभियुक्तको पक्षमा काठमाण्डौका वरिष्ठ अधिवक्तहरु शम्भु थापा, सुशील पन्त, विपुलेन्द्र चक्रवर्ती, रमण श्रेष्ठ, यदुनाथ खनाललगायतले वकालतनामा दर्ता गराएको स्रोतले खुलाएको छ ।

१७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करीव ३८ टन) अबैध रुपमा सुन आयात गरिएको दाबीसहित मुद्दा दर्ता भएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW