तेह्र वर्षीया बालिका भारत लगि बेच्ने युवा पक्राउ

0

रबिन्द्र बराल
कोशी अनलाइन
जेठ १, मोरङ, भारत अररिया जिल्ला कुर्शाकट्टा घर भइ हाल रंगेली नगरपालिका ८ बस्दै आएका मुजफर मिया बालिका बेचबिखन गरेको अभियोगमा पक्राउ परेका छन् । ३५ वर्षीय मियाले १३ वर्षीया बालिका बेच्ने उद्देश्ले भारतको गाँजियाबाद पु¥याएको अवस्थामा उनका आफन्त र माइती नेपालको सहकार्यमा बालिकाको उद्दार गरी आफन्तको जिम्मा लगाइएको हो ।

गत २६ गते बालिकालाई उद्दार गरिएको थियो । फरार रहेका दोषीलाई ३० गते पक्राउ गरी उनीमाथि अपहरण तथा शरीर बन्धक गरी मानव बेचबिखन मुद्दा दर्ता गरिएको र आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक संजिवबाबू खड्का ले जानकारी दिए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW