टहरा निर्माण विवाद चर्कियो, जग्गादाता स्वयम अाक्राेशित

0

उत्तम पोख्रेल
कोशी अनलाइन
जेठ १, मोरङ, बेलबारीको मुख्य बजारमा रहेको भगवती उच्च माध्यमिक विद्यालयले सडक मिचेर टहरा बनाएको स्थानीयले आरोप लगाएका छन् । नगरपालिकाले सडक अतिक्रमण हटाउने अभियान चलाइरहदा विद्यालयले बनाएको टहराको सर्वत्र विरोध सुरु भएको छ ।


विद्यालय जस्तो पवित्र ठाउँमा अन्य स्रोत हुँदाहुँदै विद्यालयले आफूखुसी सडकको ८५ फिटभित्र नै इटा लगाएर सटर निर्माण गरेको विद्यालयका जग्गा दाता समेत रहेका प्रतापकुमार थापाको गुनासो रहेका छ ।

१० लाखभन्दा बढी खर्चेर सडकको जग्गामा विद्यालयले आफूखुसि टहरा बनाएको थापाले आरोप लगाए । बेलबारी नगरपालिकाको ८२.५ फिट सडक खाली गर्ने अभियान भने हाल चलि नै रहेको छ ।

गुणस्तरीय शिक्षा दिनुपर्ने विद्यालय सरस्वतीको मन्दिर भएपनि पैसा कमाउने हेतुका साथ लक्ष्मिको व्यापार गरेको भन्दै केही स्थानीय आक्रोशित बनेका छन् । केही समयअघि विद्यालमा रहेको पुरानो भवन भत्काएर विद्यलायले एउटा नयाँ भवन बनाएको छ भने हाल अस्थायीरुपमा टहरा निर्माण गरको हो ।

नगरपालिकाले सडक अतिक्रमण गरी बनाइएको टहरा भत्काउने अभियान चलिरहेकाबेला विद्यालयमा बनाइएको टहराको विवाद चर्कदै जान थालेको छ ।

मगंलबार बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीलाई सरोकारवालाहरुले ज्ञापनपत्रसमेत बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै प्रमुख सुबेदीले विद्यालय प्रसाशनसँग छलफल गरे । नगरपालिकाको अभियानविरुद्ध भए भत्काउने बताए ।

यता विद्यलायलका प्रध्यानाध्यापक मानबहादुर खडकाले भने पुराना भवन भएकाले भत्काउँदा पुराना इटाको सदूपयोग गर्न विद्यालयको आम्दानीसमेत बढने भएकाले अस्थायीरुपमा टहरा बनाएको बताए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...