केन्द्रीय र प्रदेश सरकारबीच द्धन्द्व बढेको छ : मन्त्री आङ्बो

0

कोशी अनलाइन

जेठ १, मोरङ, प्रदेश नं १ का अर्थमन्त्री इन्द्रबहादुर आङबोले संघीयता कार्यान्वय र प्रदेश सरकारलाई असफल बनाउन केन्द्रीय सरकार लागि परेको आरोप लगाएका छन् ।

मंगलबार विराटनगरस्थित प्रदेश सरकारको अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री आङबोले संघीयता कार्यान्वयन र प्रदेश सरकारलाई बलियो बनाउन संघीय सरकारले सम्पूर्ण अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने बताए ।

मन्त्री आङबोले बजेटको उचित बाँडफाँडका लागि सरकारले बित्त आयोगको गठन गर्नुपर्ने बताए । उनले भने, ‘कर जुनसुकै सरकारले असुली गरेपनि त्यसको उचित बाँडफाँड हुनुपर्छ । उचित कर बाँडफाँडका लागि संघीय सरकारले बित्त आयोग गठन गर्न ढिलाई गर्न नहुने बताए । प्रदेश सरकार र संघीय सरकारबीच तालमेल अभावमा प्रदेश सरकारले विनियोजन गरेको चालु आर्थिकवर्ष ०७४÷०७५ को बजेट खर्च गर्न नसकेको गुनासो गरे ।

उनले केन्द्रीय सरकारले योजना र बजेट अबिलम्ब प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्री आङबोले भने, ‘केन्द्रीय सरकारसँग विकास निर्माण कार्यका लागि बजेट छैन । प्रदेश सरकारसँग प्रयाप्त बजेट छ । तर, काम गर्ने संयन्त्रको अभाव छ । सरकारको चैत्र ८ गतेको मन्त्री परिषदले योजना र सयंन्त्र प्रदेस सरकारलाई हस्तान्त्रण गर्ने निर्णय गरिसकेको अवस्थामा प्रदेश सरकारलाई असफल बनाउन केन्द्रीय सरकारका मन्त्रीहरुले योजना र संयन्त्र हस्तान्तरण गर्न आनाकानी गरिरहेको प्रति खेद व्यक्त गरे । आङबोले संविधानले नै केन्द्रीकृत शासन प्रणालीको अन्त्य गरिसकेको अवस्थामा सरकारका मन्त्रीहरुले मरिसकेको कार्यालयलाई पुनः व्युताएर केन्द्रीकृत शासनप्रणाली चलाउन खोजेको प्रति खेद व्यक्त गरेका हुन् । मन्त्री आङबोले केन्द्रीय सरकारले संघियता कार्यान्वयन र प्रदेश सरकारलाई असफल बनाउने कार्य बन्द नगरे त्यसकाविरुद्ध प्रदेश सरकारले शसक्त प्रतिकार गर्ने बताए ।

उनले प्रदेश न १ को ५६ वटै निर्वाचन क्षेत्रमा प्रदेश सरकारले बजेट पठाएर विकास निर्माणको कामलाई अगाडि बढाइएको बताए । तर, निर्वाचन क्षेत्रमा गइसकेको बजेट कर्यान्वयनको लागि संयन्त्रको अभाव रहेको बताए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW