उद्योग दर्ता गर्न टोल–टोलमा टोली

0

उत्तम पोख्रेल

कोशी अनलाइन
जेठ १, मोरङ, बेलबारी नगरपालिकाले गाउँ–गाउँमा गएर उद्योग दर्ता तथा नविकरण गर्न थालेको छ । मगंलबारदेखि दर्ता गर्नछुटेका पसलहरुको नगरपालिकाले नविकरण गर्न थालेको हो । नविकरण तथा दर्ता गर्न आँउदा व्यापार व्यवसायमा असर पर्ने भएकाले नगरपालिकाले सहयोग गरेको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालले बताए ।


‘चिया पसलदेखि ठूला उद्योगहरु दर्ता गर्न छुटेका हुन सक्छन् आउने समय नमिलेको हुन सक्छ ।’ प्रमुख प्रशासकिय अधिकृत दाहालले भने, ‘उहाँहरुलाई सहज हुने गरी टोल–टोलमा टोली पठाएका छाैं ।’

नगरपालिकाले सबैलाई व्यापार व्यवसाय गर्नेहरुको हक हितका लागि आफैँले टोली खटाएको जनाएको छ । नविकरण तथा दर्ता गर्न आँउदा व्यापार व्यवसायमा असर पर्ने भएकाले नगरपालिकाले सहयोग गरेको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालले बताए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...