पार्टी सभापति देउवाविरुद्ध खनिए शेखर कोइराला

0

कोशी अनलाइन
वैशाख ३१, मोरङ, नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा शक्ति सञ्चय गरेर पार्टीलाई अभिनायवादतर्फ उन्मूख गराउने खेलमा लागेको आरोप लगाएका छन् ।

पछिल्लोसमय सभापति देउवासँग निक्कै आक्रोसित देखिँदै आएका डा कोइरालाले सोमबार विराटनगरस्थित आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘देउवाजीको यस्तै रबैया हो भने पार्टी अब अधिनायकबादतर्फ धकेलिन्छ ।’ विधि, बिधानलाई मिचेर पार्टी चलाउन थालेपछि आफूले बाध्य भएर सभापति देउवाको विरोधमा बिष वमन गर्न बाध्य भएको उनको भनाइ छ ।

‘शक्ति सञ्चय जसले गर्छ त्यो नै अधिनायकबादको पहिलो खुड्किलो हो’ कोइरालाले उदाहरण दिदैं भने, ‘कुनै घरमा एउटै व्यक्तिले शक्ति सञ्चय गरेपनि त्यहाँ अधिनायबाद आउँछ र विद्रोह हुन्छ ।’ उनले भने, ‘चाहे घरमा होस् वा पार्टी भित्र, कांग्रेसमा यही अधिनायबाद लागू हुँदै छ ।’ पार्टीभित्रको विधि, विधान कुल्चिएर सहमतिलाई समेत स्वीकार नगर्ने देउवालाई लक्षित गर्दै उनको प्रश्न थियो । ‘निर्वाचन सकिएको २ महिना भित्रैमा पदाधिकारी नियुक्ती गर्नुपर्ने विधानमा व्यवस्था रहँदा रहँदै देउवाजीले २ वर्ष पछि पदाधिकारी नियुक्ती गर्नु भयो यसलाई के भन्ने ?’

 

डा कोइरालाले भने, ‘दुई महिनालाई बढाएर २ वर्षमा गर्न सकिने भनि विधानमै संशोधन गरुँ भन्दा उहाँले मान्नु भएन ।’ डा कोइरालाले प्रश्न गरे ‘यसरी पार्टी चल्छ ?’

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW