आँधीका कारण भारतमा ४१ को मृत्यु

0

वैशाख ३१, भारत, भारतीय राज्य उत्तर प्रदेश, पश्चिम बंगाल, आध्र प्रदेश र राष्ट्रिय राजधानी नयाँ दिल्लीसमेतमा गएरातिदेखि धुलोका कणसहितको आँधी बेहरी र वर्षा शुरु भएको छ । यस आँधीका कारण सोमबार बिहानसम्ममा कम्तीमा पनि ४१ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतीय सरकारी अधिकारीले सो जानकारी दिएका छन् । ती राज्यमा आँधीको प्रकोप आइतबार साँझबाट शुरु भएको बताइएको छ । यस आँधी बेहरी र वर्षामा परी उत्तर प्रदेशमा १८, पश्चिम बंगालमा १२ आन्ध्र प्रदेशमा नौजना र नयाँ दिल्लीमा दुईजना व्यक्तिको ज्यान गएको अधिकारीले जानकारी दिएका छन् ।

राजधानी नयाँ दिल्लीमा धुलोसहितको आँधीबेहरीप्रति घण्टा १ सय ९ किलोमिटरको दरले आएको मौसम विभागका विज्ञहरुले जानकारी दिएका छन् । यस आँधीमा परी दर्जनौँ स्थानीय घाइते भई अस्पतालमा उपचार जारी रहेको भारतीय अल इण्डिया रेडियो (एआइआर) ले जानकारी दिएको छ । यस आँधीका कारण नयाँ दिल्लीको इन्दिरागान्धी इन्टरनेशनल विमानस्थलबाट सोमबार उडान भर्नुपर्ने ७० उडान अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यस प्रकोपको कारण कतिपय स्थानमा विद्युत्का लाइन अवरुद्ध भएका छन् । यस आँधीमा परी ज्यान गुमाएका परिवार र घाइते व्यक्तिप्रति भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले दुःख प्रकट गरे ।

रासस

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW