प्रदेश नम्बर २ को विकासको लागि मोदीको सय करोड

0

धनुषा, वैशाख २८ । प्रदेश नम्बर २ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक अर्व आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

बाह्रविघा रंगभूमि मैदानमा सम्बोधन गर्दै मोदीले केन्द्र सरकारको मातहत हुने गरी प्रदेश २ को विकासका लागि प्रदेश सरकारलाई एक सय करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समृद्ध नेपाल सुखी नेपाली अभियानमा साथ दिने प्रतिबद्धता जनाउनुभएको छ ।

जनकपुरमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपाललाई रेलमार्ग, जलमार्गसँगै अन्तरिक्षमा पनि जोड्न तयार रहेको बताउँदै नेपालको अभियानमा भारत सरकारले सँधै साथ दिने बचन दिएका छन् ।

मोदीले नेपाललाई ‘फाइभ टी’ ट्रेडिसन अर्थात परमपरा ट्रेड, टुरिजम, टेक्नोलजी र ट्रान्सपोर्टबाट विकासको बाटोमा डो¥याउन चाहेको बताएका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW