सुन जस्तै देखिने धातु देखाएर ८० लाख ठग्न खोज्ने दुई जना पक्राउ

0

काठमाण्डौँ, वैशाख २८ । सुन जस्र्त देखिने धातु देखाएर लाखौँ रुपैयाँ ठग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुन जस्तो देखिने ७ केजी धातु देखाएर ८० लाख रुपैयाँमा विक्री गर्न खाजेको आरोपमा रामेछापको दुरागाउँ–८ घर भइ हाल ललितपुरको हात्तिवन बस्दै आएका ३५ वर्षीय दिपेन्द्र बराइली र सिन्धुपाल्चोकको फुलपिङ–३ घर भइ हाल ललितपुर बस्दै आएका २७ वर्षीय रमेश बैजुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई ललितपुर महानगरपालिका–२८, हरिसिद्धीस्थित विकेएम खाजा घरबाट सुन जस्तो देखिन ७ थान विस्कुटसहित पक्राउ गरेको गरिएको हो ।

यसबारे थप अनुसन्धान भईहेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।
थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW