नेकपाका केन्द्रिय तथा जिल्ला नेताहरु रिहा हुने बित्तिकै पुनः पक्राउ

0

उदयपुर, वैशाख २८ । रिहा भएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्राउ परेका छन् ।

जिल्ला अदालत उदयपुरले धरौटी राखेर बिहीबार तारेखमा रिहा गरेका नेकपाका केन्द्रीय सदस्य किरण राई सहितका जिल्ला नेताहरुलाई बिहीबार साँझ नै पुनः पक्राउ परेका हुन् ।

रिहा भएर पुनः पक्राउ पर्नेमा केन्द्रीय सदस्य राईसँगै पार्टीका धनकुटा जिल्ला इन्चार्ज माधव पौडेल, तेह्रथुम जिल्ला सदस्य दिप्शन लिम्बू, नवराज भट्टराई र कमला लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

केन्द्रीय सदस्य राईले आफूहरुलाई अदालतले जनही १० हजारका दरले धरौटीमा रिहा गरेर तारेखमा उपस्थित हुनेगरी छाडेको भए पनि प्रहरीले साँझपख नै जिल्ला बार एशोसिएशनको कार्यालयबाट घेरा हालेर पक्राउ गरी मानव अधिकार हनन गरेको बताएका छन् ।

उनीहरुलाई जेठ ३० गते अदालतमा हाजिर हुनुपर्ने गरी तारेखमा छोडिएको थियो । तर प्रहरीले घेरा हालेर अदालतबाट बाहिर जान नदिई पक्राउ गरेको नेता राईले बताएका छन् ।

यता प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले भने उनीहरु बिरुद्ध मोरङ जिल्ला प्रहरी कार्यालयमा समेत विभिन्न आपराधिक विषयमा उजुरी दर्ता भएको हुँदा सोधपुछका लागि पक्राउ गरिएको जानकारी दिएका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW