रोल्पामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

0

रोल्पा, वैशाख २८ । रोल्पामा ट्याक्टर दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

धनगढीबाट सभामुख कप भलिबलका खेलाडी लिएर रोल्पा सदरमुकाम लिवाङ आउँदै गरेको ना २ ख ५२५ नम्बर को बस र लु ३ त ७१५६ न. को ट्याक्टर ठोक्किएको र पछि साघुँरो सडकमा बसलाई साईड दिने क्रममा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सुनिल स्मृति गाउँपालिका ४ का २८ वर्षिय शिव ओली र सोही ठाउँका २८ वर्षिय ट्याक्टर चालक तारा रोका रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घघटनामा दाङ तुलसीपुरका २६ वर्षिय किरण राना घाईते का छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा उपचार भईरहेको भने बसलाई प्रहरले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW