सुनसरीमा एक जना मृत भेटिए

0

इनरुवा, वैशाख २८ । सुनसरीमा एक जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको सदरमुकाम इनरुवा–३ मा बिहीबार सोही ठाउँको बुढीबजै टोल बस्ने अन्दाजी ५२ वर्षीय सुरेश गुप्ता मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गप्ता आफ्नै घरभित्र सुतिरहेको अवस्थामा मृत भेटिएका हुन् । घटनाका विषयमा आवश्यक अनुसन्धान सुरु भईसकेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनु भएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...