नाती-नातीना चाहिएजति, मकैको धोक्रो काधैंमाथि….

0

गोपाल प्रसाद पोखरेल
कोशी अनलाइन
मोरङ, वैशाख २७ गतेको टन्टलापुर घाम । त्यो घामले तातेको विराटनगरको ट्राफिक चौकको कालोपत्रे सडक । एउटा थोत्रो तगारीमा थोरै कोइलामा सल्काइएको आगोमा राखिएका २÷४ घोगा मकै पट–पट–पट गरेर पड्किरहेको सुन्न सकिन्थ्यो ।

प्रत्येक दिन यसैगरी खाजा (पोलेको मकै) खान आउने सेवाग्राहीलाई ७८ वर्षीया जानकी शर्माले मकै बेचेर दैनिक रु ४ सयदेखि ६ सय रुपैयाँसम्म कमाउँछिन् । त्यही दुईचार सयले उनको परिवार चलेको थियो । उनले यो पेशा २०४९ सालदेखि सुरु गरेकी हुन् । शर्माले मकै पोेलेर बेच्न थालेको करीब २५ वर्ष भयो । त्यहीँ मकै पोलेर छोरा–छोरी पढाइन छोरा–छोरीहरु हुर्कीए । विवाह गरे । नाती नातीनी भए । तर, ७८ वर्षीया जानकी अहिले पनि मकै पोली रहेकी छन् । अहिले छोराहरु अलग अलग छन् । आ–आफ्नो गरेर खाइरहेका छन् । तर, जानकी शर्मा अहिलेसमेत नाती नातिनालाई कसरी पढाउने भन्ने चिन्ताबाट मुक्त छैनन् । अहिले उनीसंग ४ जना नातीहरु पालेर बसेकी छन्। ७८ वर्षको उमेरमा समेत जानकी पारिवारीक दायित्वबाट भागेकी छैनन् ।

त्यतीमात्र होइन । उनका श्रीमान बाबुलाल शर्मा पहिले काठ मिस्त्री काम गर्दथे । दुवैे कमाएर दुई–चार पैसा बैंकमा राखेर बचाएका थिए । त्यही पैसाले विराटनगर वडा न–८ मा घडेरी समेत जोडेका छन् ।

जानकी त एउटा उदाहरणको पात्र मात्र हुन् । जानकी जस्ता दुईदर्जन बढी महनेती हातहरु मकै पोलेर काला बनाउँछन् । स्वदेशलाई सम्पन्न बनाउने सपनाका तानाबाना विराटनगरका सडकमा बुनिरहेका हुन्छन् । तर, उनीहरुको सपना–विपना र सिर्जना तिनै पोलेका मकै हुन् । यो सिजनभरीको पेशा हो । फागुनदेखि भदौसम्म यो पेशा हुँदै आएको पाइन्छ । खास गरेर पूर्व क्षेत्रका विभिन्न गाँउमा गएर बोटबाटै काँचो मकै किनेर ल्याएर पोल्ने गर्छन् । मकै पोलेर राष्ट्रलाई बलियो बनाउने र आफ्नो आर्थिकस्तर उकास्ने हो । जानकी जस्तै विगत ४० वर्षदेखि मकै पोलेर गुजारा गर्दै आएकी विराटनगर–१२ की गीता मण्डल पनि एक हुन् । उनले पनि मकै पोलेर नै ६ महिनाको खाद्यन्नको जोहो गर्छिन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकैको सडकको पेटिमा पंखाले कोइलामा भएको आगो हम्किदैँ गरेकी थिईन् । उनको गालाबाट तप्प–तप्प पसिना चुहिरहेको भान हुन्थ्यो । तर, त्यो प्रवाह नगरी मकै पोलिरहेकी थिइन् ।

१ छोरा ४ छोरी की आमा गीताका श्रीमान खासै केही गर्दैनन् । सिजनको बेला मकै पोल्ने त कहिले जनमजदूरी गर्ने यस्तै गरेर जीविको चलिरहेको छ । उनले छोरालाई यसै गरेर पढाइन । छोरीहरुलाई त्यती पढाउन पाइनन् । त्यो पनि आर्थिक अभाव नै हो ।

मण्डल जस्तै अर्की हुन् । विराटनगर १४ की संगीता चौधरी । उनले पनि मकै बेचेको १० वर्ष भयो । उनले पनि १ छोरा र ३ छोरी मकै पोलेको पैसा जम्मा गरेर पढाइरहेकी छन् । संगीता भन्छिन्, ‘श्रीमानले कमाएर ल्याएको २÷४ पैसाले घर खर्च चल्छ मैले कमाएको बैंकमा जम्मा गरेर बालबच्चा पढाउदै छु ।’


उनले दैनिक ५ देखि ६ सय रुपैयाँसम्म कमाउदै आएकी छन् । उनका श्रीमान राजमिस्त्री हुन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW