एसईई सकेका विद्यार्थीलाई मध्येनजरमा राखि शैक्षिक मेला सुरु

0

कोशी अनलाइन
वैशाख २७, मोरङ, विराटनगरमा शुक्रबारदेखि दुईदिने शैक्षिक मेला सुरु हुने भएको छ । विराट ह्वाईटेन कन्सलटेन्सी विराटनगरको आयोजनामा बृहत शैक्षिक मेला सुुरु गरिएको हो ।

सो मेलामा भारतका ए–ग्रेडका कलेजहरुको सहभागिता रहने आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । एसईई सकेका विद्यार्थीलाई भारतमा गएर पढ्ने अवसर प्रदान गर्न उक्त बृहत शैक्षिक मेला आयोजना गर्न लागिएको आयोजक संस्थाका प्रतिनिधि विपीन श्रेष्ठले जानकारी दिउ ।

सो मेलामा करीब ३ हजार विद्यार्थीको सहभागिता रहने आयोजकले जनाएको छ । मेला भोलि विहान ८ बजे उद्घाटन हुने छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...