कैलालीका एकसय बिद्यालयमा (विप्लप) नेतृत्वको नेकपाको तालाबन्दी

0

कैलाली, वैशाख २७ । नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाले कैलालीका झण्डै एक सय बिद्यालयमा तालाबन्दी गरेको छ ।

विभिन्न माग राख्दै नेकपाले जिल्लाभरका दर्जनौं संस्थागत (निजी) विद्यालयमा बिहीबारदेखी अनिश्चितकालिन तालाबन्दी गरेको हो ।

धनगढीस्थित एक्सिस विद्या आश्रम, मोडर्न एरा, स्टेपिङ स्टोन, ग्यालेक्सीलगायत १५ विद्यालयमा तालाबन्दी गरेको नेकपाका जिल्ला उपाध्यक्ष बबरजंग सिंहले जानकारी दिएका छन् ।

त्यस्तै अतरियाका १०, गौरीगंगा नागरपालिकास्थित ५ विद्यालय र अन्य स्थानीय तहमा रहेका विद्यालयहरूमा पनि तालाबन्दी गरिएको उनले जानकारी दिएका छन् ।

मापदण्डविपरीतका विद्यालय बन्द हुनुपर्ने, वृद्धि गरिएको शुल्क खारेज गर्नुपर्ने लगायतका बिभिन्न मागहरू राखेर तालबन्दी गरिएको नेकपाका नेताले बताएका छन् । मागहरु पूरा नभएसम्म ताला नखोलिने उपाध्यक्ष सिंहले चेतावनी दिएका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...