जथाभावी खर्चमाथी सरकारको अंकुश, महंगी र स्थानीय भत्ताबाहेक सबै भत्ता खारेज हुने

0

काठमाण्डौँ, वैशाख २७ । सरकारले सरकारी निकायमा हुने जताभावी खर्चमाथी अंकुश लगाएको छ । सरकारले खर्चमा मितव्ययीता ल्याउन सार्वजनिक खर्चमा कडाइ गरेको हो ।

बुधबारको मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारीता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन पारित गरेको छ ।

यो नीति पारित भएसँगै अब सरकारी कर्मचारीले महंगी र स्थानीय भत्ता मात्रै पाउने भएका छन् भने बाँकी अहिले सम्म पाउँदै आएका सबै भत्ता खारेज भएका छन् । यस्तो व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुने छ ।

केही निकायका पदाधिकारीहरूले एक दर्जन प्रकारका भत्ताबाट तलवको दोब्बर÷तेब्बरसम्म लिएको देखिएपछि यो बिकृती रोक्न थालिएको हो ।

यो नीति अर्थ मन्त्रालयले तयार पारेको हो । यसअघि अर्थमन्त्री युवराज खतिवडाले आफ्नो पदबहालीसँगै सार्वजनिक खर्चमा मितव्ययीता ल्याउन मितव्ययीता नीति ल्याउने बताएका थिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW