प्रियंका र सुनिलको अभिनयमा “फास्ट–फास्ट” (कल्पना) बोलको गीत सार्वजनिक

0

काठमाण्डौँ, वैशाख २७ । “फास्ट–फास्ट” (कल्पना) बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । डान्सिङ बिटको गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा चर्चित नायिका तथा एपीवान टेलिभिजनमार्फत प्रशारित रियालिटी शो “बुगिबुगी”कि निर्णायक प्रियंका कार्की र भारतीय टेलिभिजन शो डिआईडीबाट आफूलाई चिनाउन सफल कोरियोग्राफर तथा निर्देशक सुनिल क्षेत्रीको अभिनय रहेको छ । साथमा नेपाली ठिटोज ग्रुपले साथ दिएको छ ।

गीतमा शंकर थापा ‘स्माईल’ र सुमि चाम्लिङ राईको स्वर रहेको छ । साथै गीतमा डीपी खनालको शब्द रचना छ भने शंकर थापा ‘स्माईल’ कै संगीत रहेको छ । संगीत संयोजन भने उदयराज पौडेलको रहेको छ ।

म्यूजिक भिडियोलाई अनिल कुमार मानन्धरले छायांकन गरेका हुन भने विकास ज्ञवालीले सम्पादन गरेका हुन् । कोरियोग्राफी र निर्देशन भने सुनिल क्षेत्रीकै रहेको छ । डश म्युजिक नेपाल र चाम्लिङ ईन्टेरटेईन्मेन्टको सहकार्यमा गीतको अडियो र भिडियो तयार पारिएको हो ।

यो पनि हेर्नुहोला:
Comments
Loading...