उत्तर कोरियाले तीन अमेरिकी नागरिकलाई रिहा गर्‍याे

0

प्योङयाङ, उत्तर कोरियाले तीन अमेरिकी नागरिकलाई रिहा गरेको छ ।

आफ्ना तीन नागरिक रिहा भएपछि घर फर्किन लागेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

किम हाक सङ, किम साङ डुक तथा किम दोङ चुललाई उत्तर कोरियाले राज्य विरोधी गतिविधि गरेको भन्दै पक्राउ गरी श्रम शिविरमा समेत राखिएको थियो ।

हिरासतमा लिईएका दुई जना सन् २०१७ मा पक्राउ परेका थिए भने एक जना १८ महिना अघि मात्रै पक्राउ परेका थिए । उत्तरकोरियाले रिहा गरेपछि उनीहरु अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँगै अमेरिका फर्कने ट्रम्पले उल्लेख गरेका छन् । उनीहरुको बिहीबार बिहानै एन्ड्रुज हवाई अड्डामा स्वागत गरिने जनाईएको छ ।

यस्तो कदमपछि अमेरिकी राष्ट्रपति ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भनिएको ऐतिहासिक शिखर बैठकपूर्वको एउटा सद्भावपूर्ण संकेतका रुपमा लिन थालिएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW