‘शुभकामना प्रदेशबाशीलाई’ बोलको गीत सार्वजनिक

0

काठमाण्डौँ, वैशाख २५ । ‘शुभकामना प्रदेशबाशी’लाई बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा किरण पौडेलको शब्द र वरिष्ठ सङ्गीतकार गैरे सुरेशको संगित रहेको छ ।

भावना म्यूजिकले वजारमा ल्याएको यो गीतमा पहिलो नेपाल तारा दिपक लिम्वु र दोश्रो नेपाल तारा सन्तोष लामाले पहिलो पटक एउटै गीतमा स्वर दिएका छन । यसैगरी उनीहरुलाई निशा देशार, निरा रानाभाट तथा शोभा पाण्डेले पनि स्वरमा साथ दिएका छन ।

मुलुक संघियतामा गएपछिको अवस्थामा यो गीतमा प्रदेशवासीलाई शुभकामना दिईएको छ भने विदेशिएका दाजुभाईहरुलाई समेत आफ्नै देशमा गरिखाने माहोल वनाई फिर्ता ल्याउनु पर्ने सन्देश यो गीतमा दिन खोजिएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...