मायालु हातहरुद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

0

अनिल बराल
कोशी अनलाइन
वैशाख २५, माेरङ, मोरङको बेलबारी २ लालभित्तीमा रहेको मायालु हातहरु नामक संस्थाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । उक्त संस्थाले बेलबारी ३, सिजुबारीमा रहेको श्री प्राथमिक विद्यालयका ९२ जना छात्रछात्राहरुलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रममा उक्त विद्यालयका १६ जना जेहेन्दार तथा बिपन्न विद्यार्थीलाई जुत्ता, मोजा, कपी, डटपेन, सिसाकलम, इरेजर, दन्त मन्जन र ब्रस दिइएको थियो भने बाँकी बिद्यार्थीहरुलाई कापी, डटपेन, सिसाकलम, इरेजर प्रदान गरिएको थियो ।

बेलबारी नगरपालिकाका मेयर तथा उक्त विद्यालय ब्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र सुवेदी प्रमुख अतिथि रहेको उक्त शैक्षिक हस्तान्तरण कार्यक्रम विद्यालयका प्रधानाध्यापक लिलाप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर सुवेदीले समाजलाई परिवर्तन गर्दै समग्र देशकै परिवर्तन गर्न शिक्षाको महत्व रहेको र केही अस्तब्यस्त रहेको शिक्षा प्रणाली सुधार गनुपर्ने आवश्यकता रहेको बताए । उनले नगरपालिका भित्र शिक्षाबाट बन्चित रहेकाहरुलाई पनि शिक्षाबाट टाढा रहन नदिन स्थानीय सरकारको तर्फबाट कन्जुस्याइ नगर्ने बताए । कार्यक्रमममा बोल्दै मेयर सुबेदीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेर प्रशंसनिय कार्य गरेको भन्दै मायालु हातहरु संस्थालाई धन्यबाद दिए ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै विद्यालयका प्रध्यानाध्यापक आचार्यले २०५२ सालमा स्थापना भएको विद्यालयमा रहेका कक्षा १ देखि ५ सम्मका जम्मा ९२ जना विद्यार्थीलाई सैक्षिक सामाग्री वितरण गरेर विद्यार्थीको पढाईमा हौसला प्रदान गरेकोमा मायालु हातहरु संस्थालाई धन्यबाद दिए । १६ जना विद्यार्थी छनौट गर्दा जेहेन्दार तथा अति बिपन्न परिवारका विद्यार्थीलाई विद्यालयले छनौट गरेको प्रधानाध्यापक आचार्यले वताए । गत मंसिरमा स्थापना भएको मायालु हातहरु संस्था दर्ताको प्रक्रियामा रहेको र यस अघि पनि विभिन्न बाढीबाट पीडितहरुलाई खाद्यान्न तथा लताकपडा वितरण गरेको उक्त संस्थाकी अध्यक्ष सन्जु कुमारी हुमगाईले बताइन । कार्यक्रममा बिद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।

यो पनि हेर्नुहोला:
Comments
Loading...