सार्वजनिक भयो चलचित्र झमक बहादुरको टाइटल गीत

0

काठमाण्डौँ, वैशाख २५ । चलचित्र झमक बहादुरको टाइटल गीत सार्वजनिक गरिएको छ । चलचित्रको छम्म छम्म नाचि दिने, बारुले कम्मर भाँचि दिने बोलको अडियो गीत सार्वजनिक गरिएको हो ।

चलचित्रका गीतमा ओम सुनुवारको सङ्गीत, ओम सुनुवार, कविता श्रेष्ठ र मेलिना राईको स्वर रहेको छ भने गीतकार तिर्थ दामली (टुप्पी) को शब्द रहेको छ ।

साउन १८ गतेबाट देशभर रिलिज हुन लागेको यो चलचित्रमा अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा अनुपविक्रमसँगै यादव देवकोटा ९सरापे०, राजु कमेडी, सुजता थापा, कल्याण अधिकारी, कोनिका घिमिरे, नियोन गुरुङ, कला राई, प्रविन श्रेष्ठ, सुस्मा तामाङ, जित वस्नेतलगायतका कलाकारको भूमिका रहेको छ । साथै बालकलाकारमा जेशिका घिमिरे, दिलिशा गुरुङको पनि अभिनय रहेको छ ।

चलचित्रमा अर्जुन खड्का प्रमुख सहायक निर्देशक छन् । चलचित्रमा पटकथा भोमन कटुवालको रहेको छ भने कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद रहेको छ ।

राजन सूर्य सलिनाको कोरियोग्राफी रहेको चलचित्रको सम्पादन अनिलकुमार महर्जनले गरेका छन् भने पवन गौतमले छायांकन गरेका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW