मुरारर्काले कौडीको भाउमा जग्गा किनेपछि मजदूर आन्दोलित

0

कोशी अनलाइन
वैशाख २४, मोरङ, उद्योगी प्रदिप मुरारर्काले बैंकका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर अरबांैको सम्पत्ती कौडीको भाउमा खरिद गरेको छ । मुरारर्काले श्री बंशिधर ईन्टस्ट्री युनिट गणपती कटनमिलको जग्गा कौडीको भाउमा खरिद गरेपछि मिलका मजदूरहरु आन्दोलित भएका हुन् । नेपाल राष्ट्र बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई ऋण तिर्न नसकेपछि कटन मिलको २२ विघा जग्गा बैंकले आफ्नो नाममा लिएको छ ।

जसमध्ये २०७३ सालमा ९ विघा १ कठ्ठा जग्गा उद्योगी मुरारर्कासंग आर्थिक लेनदेनमा कुरा मिलाएर ७ करोडमा लिलामी गरेका थिए । जुन जग्गाको मुल्य यतिखेर अरबौंभन्दा बढी छ । झन्डै कठ्ठाको ८० लाख भन्दा बढी पर्छ । मजदूरहरुले बैंकले कौडीको भाउमा लेनदेनमा कुरा मिलाएर लिलामी गरेको जग्गामा सरकारले हस्तक्षप गर्नुपर्ने जोड दिएका छन् । कटन मिलभित्र २०३२ सालदेखि उक्त मिलका पूर्वकामदारका ६२ परिवार वसोबास गर्दै आएका छन् । मिल २०५३ सालदेखि बन्द भइसकेको छ ।

मजदूर र मिलका संचालकबीच बिच २०६३ सालमा भएको सम्झौताअनुसार मिलका २ सय १३ जना मजदूरलाई ७५ लाख रुपैयाँ दिने सहमती भएको थियो । मिलका मजदूरहरुले आफूलाई त्यतीखेरको रकम नदिएको कारण अहिले प्रत्येक परिवारलाई १० धुर जग्गा उपलब्ध गराउनु पर्ने संघर्ष समितिका संयोजक उत्तम कुमार लामाले माग गरे ।

मिल संञ्चालक समितिका कृष्णराज थापाले बैंकको लिलामीमार्फत विक्री गरेको जग्गाको रकम मध्येबाट पूर्वमजदुरहरुलाई प्रतिपरिवार २७ हजार निर्णय गरेको छ । मजदूरहरुले २७ हजार रकमले बसाई सर्न सक्ने अवस्था नरहेकोले कम्तिमा १० धुर जग्गा दिनुपर्ने माग गरेका छन् ।

त्यसका लागि उत्तम कुमार लामाको संयोजकत्वमा संघर्ष समिति गठन गरेर आन्दोलन थालेका छन् । समितिले वैशाख २६ गते जिल्ला प्रशासन कार्यालय मोरङमार्फत गृह र उद्योगमन्त्रालयमा ज्ञापन पत्र बुझाउने र वैशाख २७ गतेदेखि जेष्ठ १५ गतेसम्म भण्डाफोर र अन्र्तक्रिया गर्ने कार्यक्रम तय गरेका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...