गैर पीडितलाई राहत बाँडेको निहुँमा अनसन

0

कोशी अनलाइन
वैशाख २३, मोरङ, विराटनगर–५ का पदाधिकारीहरुको मिलेमतोमा गैर बाढी पीडितहरुलाई राहत दिएको आरोपमा बाढी पीडितहरु आन्दोलित भएका छन् । वडाअध्यक्ष मिनकुमार आचार्य लगायतका पदाधिकारीहरुले गैर बाढी पीडितहरुलाई राहत उपलब्ध गराएको निहुँमा बाढी पीडित आन्दोलित भएका हुन् ।

वडाअध्यक्ष मिनकुमार आचार्यका पिता कृष्णप्रसाद आचार्यको समेत बाढी पीडितको राहात पाउने संख्याको लिस्टमा नाम समावेश गरिएको छ । गतवर्षको साउन अन्तिमसाता आएको बाढीका कारण डुवानमा परेका सो वडाका सर्वसाधारणले अझै राहत पाएका छैनन् ।


त्यतिमात्र नभएर विराटनगर महानगरपालिकाका सबै वडाहरुमा राहत वितरण भएको छैन् । वडा नं ५ मा राहत माग्दै आइतबारदेखि आमरण अनसन बसेका छन् ।


अध्यक्षले आफ्ना नाता, छिमेकी र निकटतम व्यक्तिहरुलाई बाढी पीडित भनेर राहत पाउँनेको संख्यामा नाम दर्ता गराएको स्थानीय भगवती कामतले बताइन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...