फेसबुक जस्तै ट्वीटरले पनि प्रयोगकर्ताका डाटा बेचेको खुलासा

0

काठमाण्डौँ, वैशाख २२ । फेसबुकले आफ्ना प्रयोगकर्ताका डाटाहरु बेचेको भन्ने विवाद सेलाउन नपाउँदै यस्तै विवादमा माइक्रोब्लगिङ साइट ट्वीटर पनि मुछिएको छ ।

क्याम्ब्रिज एनालिटिकाका शोधकर्तालाई ट्वीटरले पनि लाखौँ ट्वीटर प्रयोगकर्ताका डाटा बेचेको खुल्न आएको छ ।

ट्वीटरले अलेक्जेन्डर कोगनलाई सन् २०१५ मा एक दिनका लागि सार्वजनिक डाटामा पहुँच उपलब्ध गराएको द सण्डे टेलिग्राफको रिपोर्टले देखाएको छ । सो क्रममा शोधकर्ताले सन् २०१४ को डिसेम्बर देखि सन् २०१५ को अप्रिल सम्मको अवधिका सार्वजनिक ट्विट्सको र्याण्डम स्याम्पल तयार गरेका समाचारमा उल्लेख छ ।

तर पनि, ट्वीटरले निजी सूचनाहरुसम्म पहुँच पुगेको विषयमा आफुलाई कुनै जानकारी नभएको जनाएको छ ।

यसअघि क्याम्ब्रिज एनालिटिकाले झण्डै ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताका निजी डाटाहरु प्रयोगकर्ताको जानकारी तथा अनुमति विना नै संकलन गरेको समाचार बाहिरिएको थियो ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW