ट्विटरमा आयो आन्तरिक समस्या, पासवर्ड परिवर्तनको अपिल

0

काठमाण्डौँ, वैशाख २१ । आन्तरिक समस्या आएको छ । जसका कारण पासवर्ड परिवर्तन गर्नु पर्ने भएको छ । ट्विटरले आन्तरिक नेटवर्कमा केही समस्या आएको भन्दै आफ्ना ३३० मिलियन प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको छ ।

पासवर्ड चोरी भएको वा कुनै दुरुपयोग भएको प्रमाण पाईएको नभए पनि सावधानी अपनाउन पासवर्ड परिवर्तन गर्नुपर्ने ट्विटरले जनाएको छ ।

‘हालै हामीले केही बग फेला पत्ता लगायौं जहाँ मास्किङ/हृयासिङ प्रक्रिया पूरा गर्न आन्तरिक नेटवर्कमा केही लेखिएको थियो । त्यो समस्यालाई समाधान गरिसकिएको छ । दुरुपयोग भएको कुनै संकेत पनि पाइएन । र, हामीले यस आन्तरिक समस्याको बारेमा जानकारी दिँदा राम्रो हुन्छ ।’, ट्विटरका कार्यकारी प्रमुख ज्याक डोरसेले भनेका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW