fbpx

चलचित्र ‘डमरुको डन्डिबियो’ रिलिज

काठमाण्डौँ, वैशाख २१ । शुक्रबारदेखि चलचित्र ‘डमरुको डन्डिबियो’ प्रदर्शनमा आएके छ । नेपालबाट लोप हुँदै गएको डन्डिबियो खेलको कथालाई उठान गरेको चलचित्रमा खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन् । साथै अनुप बराल, वुद्दि तामाङ, मेनुका प्रधान लगायतले पनि चलचित्रमा महत्वपूर्ण भूमिका निभाएका छन् ।

सोलो रिलिज यो चलचित्र छेतन गुरुङको निर्देशनमा बनेको हो । चलचित्रको ट्रेलरले राम्रै चर्चा पाएकाले बक्स अफिसमा यसले राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ ।

मल्टिप्लेक्स हलमा कलाकार खगेन्द्रको क्रेज राम्रो भएकाले उनको अभिनय र फरक कथावस्तु हेर्न दर्शक आउने निर्माण पक्षले अपेक्षा गरेको छ । तर अघिल्लो सातादेखि रिलिज भएको हलिउड चलचित्र ‘एभेन्जर्स’को प्रभाव मल्टिप्लेक्समा अझै पनि रहेकै कारण यो चलचित्रलाई चुनौती हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

twenty + sixteen =

Loading...