fbpx

बेलवासे चलचित्र ‘लभ फरेभर’ को तयारीमा

काठमाण्डौँ, वैशाख २१ । कलाकार गणेश बेलवासे चलचित्र ‘लभ फरेभर’ को तयारीमा जुटेका छन् । यसअघि ‘उहिले बाजेको पाला’मा चलचित्र ल्याएका उनी अब ‘लभ फरेभर’ ल्याउने तयारीमा छन् ।

चलचित्रका लागि कलाकार निश्चित नभए पनि छायाँकन स्थल, गीत रेकर्डिङ र प्राविधिक विषयमा काम सुरु गरिसकेको बेलवासेले बताएका छन् ।

उनका अनुसार ‘कथा र पटकथा तयार भइसकेको छ । चलचित्रका लागि एउटा गीत पनि रेकर्ड भईसकेको उनले जानकारी दिएका छन् । ‘पञ्चेबाजा घन्काउँदै‘’ बोलको गीत रेकर्ड भईसकेको र गीतमा राजेशपायल राई र सुरुचिले स्वर रहेको बताएका छन् । बेलवासेको आफ्नै शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

नेपाल र भारतमा छायांकन गरिने चलचित्रको निर्देशन बेल्बासे आफैले गर्ने छन् । चलचित्र ‘उहिले बाजेको पालामा’बाट उनले खासै सफलता हात पार्न सकेका थिएनन् । यस पटक पूर्वतयारीसहित चलचित्र निर्माण गर्न लागिकाएको बताईएको छ ।

प्रतिक्रिया

five × 5 =

Loading...