fbpx

दीपिकाको शरीरमा रणवीर कपूरको ट्याटु, सोसल मिडियामा तहल्का

कोशी अनलाइन
वैशाख २०, अभिनेत्री दीपिका पादूकोणको गर्दनमा रणवीर कपूरको नामको ट्याटु देखिएपछि अहिले भारतीय सोसल मिडियामा तहल्का मच्चिएको छ । रणवीर कपूर र दीपिका प्रेममा छँदा बनाएको ट्याटु अहिले अर्का अभिनेता रणवीर सिंहसँग विवाहको कुरा अगाडि बढ्दा समेत नमेटाउदाँ सामाजिक सञ्चालमा तहल्का मच्चिएको हो ।

हालै उनले जिममा एक्सरसाइज गरिरहेको फोटो सोसल मिडियामा भाइरल भयो । फोटोमा आर.के. लेखिएको ट्याटु देखिएपछि यसो भएको हो । आर.के. अर्थात् रणवीर कपूरको संक्षिप्त रुप ।

दीपिकाको रणवीर कपूरसँग ब्रेकअप भएको निकै लामो समय भइसकेको छ । रणवीर कट्रीना क्याफसँग निकै लामो रिलेसनमा रहे । यसैगरी अहिले रणवीर र आलिया भट्ट दुईको बीचमा केही छ भनेर आँकलन पनि गर्ने गरिन्छ ।

यता दीपिका पनि सिंगल नभएर प्रेममै छिन् । रणवीरक सिंहसँग लामो रिलेसनमा बसेर अहिले बिहेको चर्चा चलिरहेको छ । तर, दीपिकाको गर्दनमा पूर्वप्रेमीको ट्याटु देखेर के बितेको होला ? यो खबर भने आउन बाँकी नै छ ।

प्रतिक्रिया

sixteen + eleven =

Loading...