fbpx

चलचित्र ‘हिरो रिटन्र्स’को शीर्ष गीत सार्वजनिक

काठमाण्डौँ, वैशाख २० । चलचित्र ‘हिरो रिटन्र्स’को शीर्ष गीत सार्वजनिक भएको छ । चलचित्रको हिरो बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा सबिन श्रेष्ठ, दिल श्रेष्ठ, शुलेमान शंकर उर्फ ईकु र आँचल शर्मालाई फिचरिङ गरिएको छ ।

आशिष भेटवालले निर्देशन गरेको चलचित्रको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

गीतमा टंक बुढाथोकीको शब्द तथा संगीत रहेको छ । गीतमा स्वर पनि टंक र मनिषा पोखरेलको रहेको छ ।

चलचित्रका कार्यकारी निर्माता चन्द्र गौतम हुन् । सविन फिल्मस्को प्रस्तुती रहेको चलचित्रमा भिम न्यौपाने र अमित श्रेष्ठको लगानी रहेको छ ।

प्रतिक्रिया

4 + five =

Loading...