Rumpum

Rumpum Advertisement

सम्पन्न भएको विवाह एक सय रुपैयाँ दक्षिणाको विवाद भएपछि रद्ध

सम्पन्न भएको विवाह एक सय रुपैयाँ दक्षिणाको विवाद भएपछि रद्ध

एजेन्सी । भारतबाट एक सुन्दै अचम्म लाग्दो घटना बाहिर आएको छ । त्यो के भने, १ सय भारु दक्षिणाको विवादमा बिहे नै रद्ध भएको छ ।

विवाह सम्पन्न भएको एक घण्टा पनि पुरा भएको थिएन् । तर बेहुला र बेहुली पक्षबीच एक सय भारु दक्षिणा लेनदेनको विषयमा विवाद हुँदा सकिएको विहाव टुटुको छ । यो घटना भारतको उत्तर प्रदेशको मेरठको हो ।

त्यो दक्षिणको बिषयमा सुरु भएको विवाद यति धेरै बढ्यो की बेहुलीले बेहुलासँग जान अस्विकार गरिन् र अन्ततः बेहुला र बेहुली दुबैले सम्पन्न भैसकेको विवाह भंग गर्ने निर्णय गरे ।

समाचारमा जनाईए अनुसार बेहुला पक्षले फेर लगाउने मन्त्रोच्चारणका लागि आफ्नो पण्डित नल्याएपछि बेहुली पक्षकै पण्डितले नै बेहुला पक्षको तर्फबाट फेर लगाउने मन्त्रोच्चारण गराइदिने र यसका लागि बेहुला पक्षले पण्डितलाई दक्षिणा दिने कुरा भएको थियो । सोहीअनुसार फेरो लगाइयो । तर बेहुला पक्षले दक्षिणाको रुपमा केवल १ सय भारु मात्र दिए । त्यसपछि पण्डितलाई निकै कम पैसा दिएको भन्दै बेहुलीका बाबुले बेहुला पक्षको निकै बेइज्जत गरिदिए । त्यसपछि बेहुलाका बाबुले पण्डितलाई २१ सय भारु दक्षिणा दिए । तर बेहुलीका बुवाले आफ्नो बेइज्जत गरेको भन्दै जन्तीसामु गएर रुन थाले । त्यो कुरा बेहुलाले थाहा पाएपछि मण्डपमा हंगामा मच्चाउँदै बेहुली तथा उनका बुवालाई गालीगलौज गर्न थाले र हातपातसमेत गरे ।

यति सम्म भएपछि बेहुलीले बेहुलाको घरमा अन्मिएर जान अस्विकार गरिन् । र दुबै पक्षले सहमतिमै बिहे रद्द गर्ने निर्णय गरे । साथै बेहुला र बेहुली पक्षले आ–आफ्ना सामान फिर्ता समेत लगे । बेहुली पक्षले बिहेको तयारीमा खर्च गरेको १ लाख भारु क्षतिपूर्ति बेहुला पक्षले दिने सहमति समेत भएको समाचारमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ