अब फेसबुकमा हिस्ट्री डिलिट गर्ने सुविधा आउँदै, डेटिङ सेवा पनि आउँदै

0

काठमाण्डौँ, वैशाख २० । फेसबुकले आफ्ना प्रयोगकर्तालाई नयाँ फिचरसहितको सेवा दिने घोषणा गरेको छ । फेसबुकको घोषणा अनुसार अब प्रयोगकर्ताले ब्राउजिङ हिस्ट्री डिलिट गर्ने सुविधा पाउने भएका छन् । फेसबुक संस्थापक मार्क जकरबर्गले मंगलबार यस्तो घोषणा गरेका हुन् ।

क्यालिफोर्नियामा आयोजित फेसबुक कम्पनीको वार्षिक एफएट सम्मेलनलाई सम्बोधन गर्दै जकरबर्गले फेसबुकको हिस्ट्री डिलिट गर्नको लागि ‘क्लियर हिस्ट्री’ नामक टुल उपलब्ध गराईनेछ ।

उनले यसको माध्यमबाट कुन लिंक हेरियो, अथवा कुन वेबसाईट हेरियो भन्ने जस्ता जानकारीहरु क्लिएर हिस्ट्रीका माध्यमबाट हटाउन सकिने बताएका छन् ।

यसको माध्यमबाट आफ्नो इच्छाअनुसार हिस्ट्री डिलिट गर्न सकिने छ । सुरक्षित राख्न चाहेमा भने क्लियर हिस्ट्रीलाई ‘टर्न अफ’ गरेर सुरक्षित पनि राख्न सकिने उनले बताएका छन् ।

डेटिङ सुविधा पनि
जकरबर्गले अब फेसबुकमा डेटिङ सर्भिस सुरु हुन लागेको समेत जानकारी गराएका छन् । जसको माध्यमबाट फेसबुक प्रयोगकर्ताले आफ्ना लागि उत्कृष्ट डेटिङ पार्टनरको खोजी गर्न सक्नेछन् ।

फेसबुकमा अहिले झण्डै २ करोड मानिसले आफ्नो स्टाटस एकल अर्थात् सिंगल उल्लेख गरेको उनले बताएका छन् ।

यसैगरी इन्स्टाग्राममा भिडियो च्याट तथा नयाँ फिचर्ससमेत थप गर्न लागिएको उनले बताएका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...