fbpx

चलचित्र ‘बाबु कान्छा’ को रिलिज मिति पुनः घोषणा

काठमाण्डौँ, वैशाख २० । चलचित्र ‘बाबु कान्छा’ को रिलिज मिति पुनः घोषणा गरिएको छ । अभिनेता सलोन बस्नेत स्टारर उक्त चलचित्र असार २९ गतेबाट रिलिज हुने घोषणा गरिएको हो ।

यसअघि यो चलचित्रको प्रदर्शन मिति गत मंसिर १५ गतेलाई तोकिएको थियो । तर, प्राबिधिक कारण देखाउँदै अन्तिम समयमा रिलिज रोकिएको थियो ।

यस चलचत्रलाई शोभित बस्नेतले निर्देशन गरेका हुन भने उनले नै कथा लेखेका हुन् । निर्माण समेत उनकै रहेको छ ।

चलचित्रका मुख्य कलाकार सलोनको जोडीको रुपमा करिश्मा श्रेष्ठ रहेकी छिन् । चलचित्रलाई गौतम राज खड्काले सम्पादन गरेका छन् । रामजी लामिछाने र दीपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी रहेको चलचित्रलाई बाबु श्रेष्ठले छायांकन गरेका हुन् ।

चलचित्रका कार्यकारी निर्माता रवि अधिकारी हुन् । चलचित्रमा सलोन र करिश्मासँगै ऋतिक शाही, सरोज खनाल, राजाराम पौडेल, निर शाह, सम्राटा थापाको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया

two × four =

Loading...